फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले हालै क्याथोलिक चर्चका पादरीहरुमाथि कडा शब्दमा आक्रमण गर्दै “इश्वरले योनि र लिङ्गको सृजना गरेका हुन् र यी मुर्ख धर्मगुरुहरुले अहंकार प्रदर्शन गर्दै मानिसमा रहेको आधारभूत काम बासनालाई दबाउन सक्छ र दबाएर राख्नु पर्छ भनेर महिलाप्रति अन्याय गरेको र यस्ता भनाइहरु महिलाहरुको लागि थ्रेट पनि हो” भनेका छन् ।
“इश्वरले पादरीलाई एक लिङ्ग दिएका छन्, त्यो पादरीलाई त्यसको के काम त् ? के उसो भए उ हरेक बिहान आफ्नो लिङ्ग ढोकामा बजार्ने गर्छ त् ?” दुतेर्तेको शब्द थियो ।
“महिलाहरु यस्ता पादरीहरुबाट टाढै बस्नुपर्छ”, महिलाहरुलाई उनको सुझाव दिदै दुतेर्ते भने “धेरैजसो धर्मगुरुहरु इश्वरले दिएको यो बरदानलाई दबाएर राख्न रुचाउछन, तर जसै कुनै महिला उसको नजिक पुग्छिन, तिनीहरुले महिलाको गन्ध सुँघ्ने गर्छन र तिनीहरुलाई समात्ने गर्छन, किनभने तिनीहरु पुरुष हुन ।” त्यस भन्दा पनि अगाडी बढेर उनले मुर्खहरु मात्रै पुरोहित्गिरि गर्छन समेत भनेका थिए । अबको २५ बर्षमा क्याथोलिक चर्च बन्द हुने दावी गर्दै उनले “यस्तो धर्म कसलाई चाहिएको छ र ?” भन्ने प्रश्न अगाडी तेर्स्याएका थिए ।
“के तपाईले कुनै मेधावी पादरी देख्नु भएको छ ?” भन्ने प्रश्न गर्दै दुतेर्तेले “तिनीहरु सबै सबै मुर्ख हुन्, यदि मुर्ख नभएको भए तिनीहरु पादरी बन्ने नै थिएनन् नि र समात्न नसक्ने सुन्दर महिलाहरुलाई तिनीहरु घुरेर हेरेरै भए पनि आफ्नो चित्त बुझाउने गर्छन” भनेका थिए । दुतेर्तेको यस्तो भनाइको तुरुन्तै अश्लिल शब्दमा आलोचना भएको थियो ।
यी बिबादास्पद राष्ट्रपति जसलाई बिगतमा महिलाहरुप्रति आशक्त व्यक्तिको रुपमा चिन्ने गरिथ्यो र महिलाहरुलाई अति घृणाको दृष्टीले हेर्ने व्यक्तिको रुपमा समेत लिने गरिन्थ्यो, ले नै महिलाहरुलाई पादरीहरुबाट टाढै बस्ने सल्लाह दिदैछन भनि ग्याब्रिएला महिला समुहले उनको भनाइप्रति टिप्पणी गरेको थियो ।
दुतेर्तेले सन् २०१५ मा क्याथोलिक पादरीले आफुलाई आफ्नो युबाबस्थामा यौन शोषण गरेको कुरा प्रकाशमा ल्याएका थिए । उनि उनको लागु औषध बिरोधि आन्दोलनको आलोचना गरे बापत क्याथोलिक चर्चप्रति सन्धी आक्रामक रही आएको पाइन्छ ।
दुतेर्तेले बिगतमा पनि पादरीहरु सबै समलिंगी भएकोले यस्ता बेकारका बिशपहरुबाट जनता ठगिनबाट जोगाउने हो भने तिनीहरु मारिन लायक छन् भनेका थिए । यिनीहरुलाई केटा साथि बनाउने अनुमति दिए पनि फरक नपर्ने सल्लाह उनले भ्याटिकनलाई दिएका थिए । ९०% भन्दा बढी पादरीहरु समलिंगी भएको उनको अनुमान छ ।
दुतेर्तेको शब्द भण्डारमा धर्मगुरुहरुको लागि सम्मानजनक शब्द नै छैन र उनि तिनीहरुलाई “बेश्यापुत्र” भन्दा अर्को शब्दद्वारा कहिल्यै सम्बोधन पनि गर्ने गर्दैनन् । उनले आफ्नो यौन शोषण गरेको र आफुलाई तुरुन्तै मरोस भनि धर्मको व्याख्याता कुनै पादरीले श्राप दिएको समेत खुलाएका थिए । (एजेन्सीहरु)