सिके राउतका कार्यकर्ताले बिमानस्थल कब्जामा लिएर स्वतन्त्र मधेसको नारा लगाए

जनकपुरधाम । सरकारसँग सम्झौता गरेको मसी सुक्न नपाउँदै जनकपुरधाममा डा. सीके राउत समर्थकहरुले स्वतन्त्र मधेशको नारा लगाएका छन् ।

बिहिबार अदालतको आदेशबाट रिहा भएपछि शुक्रबार सरकारसँग डा. सीके राउतले नेपालको अखण्डता तथा सार्वभौमिकतामा आँच आउने कुनै क्रियाकलाप नगर्ने सम्झौता गरेका थिए तर स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरूले जनकपुरधाम विमानस्थललाई अघोषित रूपमा कब्जामा लिई स्वतन्त्र मधेसको नारा लगाउनुले सरकारसँग भएको सहमति कार्यान्वयन हुने कुरामा शंका उत्पन्न भएको छ ।

सरकारसँग स्वतन्त्र मधेसको पर्चा, पम्पलेट र झण्डा प्रयोग नगर्ने सहमति गरेको गठबन्धनका कार्यकर्ताले जनकपुरमा स्वतन्त्र मधेस लेखिएको झण्डा बोकेका थिए ।

राउतको सुरक्षाका लागि भन्दै गार्ड समेत प्रयोग गरिएको थियो । राउत विमानस्थलमा आइपुग्नु अघि नै त्यहाँ पुगेका सुरक्षा गार्डले बुलेट प्रुफ ज्याकेटसँगै नचिनिने गरि मास्क तथा कालो चस्मा लगाएका थिए ।

रौतहट जानका लागि जनकपुरधाम विमानस्थल पुगेका राउतलाई स्वागत गर्नका लागि पुगेका गठबन्धनका कार्यकर्ताहरूले आइतबार नाराबाजी गरेका हुन् ।

मूलधारको राजनीतिमा आउने सहमति गरेको दुई दिन पनि नबित्दै जनकपुर पुगेका सिके राउतको समर्थनमा स्वतन्त्र मधेश गठबन्धनले र्यालि निकाल्नु र फेरी पनि स्वतन्त्र मधेशको नारा लाग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कतै उनको सहमति दोहोरो चरीत्र त होइन शंका जन्माएको छ ।

दुई दिनदेखी डा राउतको फेसबुक पेजमा पनि धोका र कपटपूर्ण भनाइ पोस्ट भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *