नक्कली तथा गलत सूचना प्रवाह गर्ने माथि भारि जरिमानाको तयारि

नक्कली तथा गलत सूचना प्रवाह गर्ने र आफ्नो राज्यको बेइज्जति गर्ने मनसाय राख्ने व्यक्ति या संस्थाहरु माथि रुसले कडा कारवाही गर्ने तयारि गरेको छ । रुसी संसदको तल्लो सदन स्टेट ड्युमाले जरिमाना लगाउने बिधेयेक पारित हुने अन्तिम तयारीमा रहेको रुसी मिडियाहरुले जनाएका छन् ।

यो बिधेयेकको प्रक्रियामा दुइवटा प्रस्तावहरु समेटिएका छन्,  जसले बिभिन्न किसिमका गलत सुचना प्रवाहको बिधिलाई परिभाषित गर्ने प्रयास गरेको छ ।

एउटा प्रस्तावले जनताहरुको जिबनलाई खतरा पुर्याउने र समाजको शान्ति खल्बल्याउने तथा सामाजिक ब्यवस्थालाई हानि पुर्याउने किसिमका ‘ गलत तथ्यमा आधारित तर सार्बजनिक महत्वको’ सुचनालाई समेटेको छ । तर यस अन्तर्गत पनि सामन्य त्रुटिलाई भने सजाय नगरिने भएको छ ।

 

यस प्रस्तावमा सामान्य व्यक्तिलाई ६ हजार डलरसम्म जरिमाना गर्न सकिने छ भने गलत सूचना दिने व्यक्ति सार्वजनिक अधिकारि भएमा १३ हजार ५ सय डलर तथा संस्था भएमा २२ हजार डलर सम्म जरिमाना गर्न सकिने ब्यवस्था हुन लागेको समाचारमा जनाइएको छ । तर कुनैपनि गलत सुचना कसैको मृत्युको कारण बने पनि या समाजमा ब्यवधान ल्याउने प्रकारकै भए पनि त्यसलाई अपराधको श्रेणीमा भने नराखिने भएको समाचारमा उल्लेख छ ।

अर्को प्रस्तावमा राज्य र यसका अबयब तथा संकेतहरु माथिको अबहेलनाको बारेमा कुरा उठाईएको छ । यस प्रकारको गलत सुचना प्रबाह भएमा ४ हजार ५ सय डलर सम्म जरिमाना र प्रशासनिक सजायं समेतको ब्यबस्था गरिनेछ । यो बिधेयेक अधिकारिहरु बिरुद्ध बोले मात्रै पनि दुरुपयोग हुन सक्ने त्रासको कारण अहिले   रुसमा बहसको तातो बिषय बनेको छ ।

यस्तो भएता पनि बिधेयेक प्रस्तोताले उत्तेजना आएर भएका कुनै पनि प्रकार का अवहेलनाहरुलाई यस बर्गिकरणमा नराखिने जनाएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सबै देशहरुले राष्ट्रिय चिन्हहरुको संरक्षण गर्ने गरेको बताएका थिए ।

नयाँ कानुनले परम्परागत मिडियाहरुलाई भने नछुने समाचारमा बताइएको छ । यस्ता मिडियाहरु आधिकारिक रुपमै समाचार संकलक भनेर दर्ता हुने भएकोले अहिले ल्याउन लागेको बिधेयेक बाहिर पर्ने र त्यस्ता न्युज आउटलेटहरुलाई भिन्दै कानुनले नियमन गर्ने समाचारमा बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *