अमेरिकी दवाबको जवाफमा टर्किश राष्ट्रपतिले भने – “हामी तिम्रा दाश होइनौं”

टर्कीले कुन हतियार कोसँग किन्ने भन्ने अमेरिकाले निर्णय गरेर अमेरिकाकै निर्देशनमा चल्ने दाश होइन भन्दै त्यहाँका राष्ट्रपति रिसेप तैयाप एर्दोगनले रुससँग खरिद गर्ने भनिएको एस – ४०० मिसाइल प्रतिरक्षा प्रणालीको प्रक्रिया योजना मुताविक नै अगाडी बढाइने दावी गरेका छन् ।

राष्ट्रपति एर्दोगनले टर्की एक सार्वभौमसत्ता सम्पन्न देश भएकोले रुसबाट एस – ४०० प्रतिरक्षा प्रणाली खरिद गर्ने सम्बन्धमा अमेरिकी सरकारले दवाब दिएर बिथोल्न खोजेकोमा अमेरिकी चाहनाले यसमा कुनै प्रभाव पार्न नसक्ने चट्टानी अडान बुधवार दोहोर्याउदै टर्कीले आफ्ना व्यापारिक साझेदारहरु र हतियार आपूर्तिकर्ताहरु आफैले छान्न सक्ने स्पष्ट पारेका थिए ।

“यो काम भैसक्यो, अब पछाडी फर्कन सकिदैन, यदि यस कारोबारबाट पछाडी हट्नु परेमा यो नैतिक नभएर अनैतिक हुन जान्छ, कसैले पनि हामीलाई थुकेको थुक चाट्न बाध्य पार्न हुँदैन” एर्दोगनले टर्कीको कानल २४ न्युज च्यानललाई बताएको तथ्य रुसी मिडिया रसिया टुडेले बताएको छ ।

S-400

रुससँग हुने कारोबारको सम्बन्धमा गरिने यस्ता सस्ता टिका टिप्पणीले टर्कीलाई अझ अगाडी बढेर एस – ५०० प्रतिरक्षा प्रणालीको खरिदमा समेत धकेल्न सक्ने एर्दोगनको भनाइ थियो ।

एस – ४०० प्रतिरक्षा प्रणालीको किनबेचबाट रुसले नाटोको लक्हिड मार्टिन एफ – ३५ का हार्ड्वोयेर फिचरहरु नक्कल गर्न सक्ने त्रासले अमेरिका अन्कारा प्रति अति आक्रामक हुँदै रुससँगको उक्त डील रद्द गर्न बारम्बार दवाब दिंदै आएको छ । यसको सट्टा अमेरिका टर्कीले आफ्नो प्याट्रिओट मिसाइललाई ३ दशमलब ५ बिलियन डलरमा खरिद गरोस् भन्ने चाहन्छ जसलाई टर्कीले पहिल्यै अस्विकार गरिसकेको थियो । तर अमेरिकाको बारम्बारको दबाब पछि यदि सर्तहरु स्वीकारयोग्य भए त्यसलाई विचार गर्न सकिने भनि अस्पष्ट जवाफ टर्कीले दिदै आएको छ भनि समाचारमा उल्लेख गरिएको छ ।

नाटोका सुप्रिम कमान्डर जनरल कर्टिस स्कापारोट्टिले एस – ४०० सबै किसिमका लडाकु जहाजहरुका लागि समस्या हुन सक्ने र बिशेष गरि एफ – ३५ को लागि निकै हानिकारक हुनसक्ने तथ्य अमेरिकी सिनेट आर्म्ड सर्भिस कमिटिमा गत बुधवार देखाउँदै नाटोले टर्कीमा स्टिल्थ फाइटर टर्कीमा स्थानान्तरण गर्न नहुने भनेका थिए । साथै यदि टर्कीले जुलाई देखि रुसमा बन्ने प्रतिरक्षामक हतियारहरु तैनात गर्ने हो भने उसलाई कारवाही गरिनुपर्ने बताएका छन् । यसै हप्ताको शुरुमा पेन्टागनका प्रबक्ताले टर्कीले यो खरिददारी रद्द नगरे नराम्रो परिणाम भोग्नु पर्ने र फराकिलो कारवाहीको सामाना गर्नु पर्ने चेतावनी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *