अस्पतालले प्रदान गर्ने सेवा गुणस्तरीय हुनुपर्छः सचिव चौधरी

चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरीले अस्पतालले प्रदान गर्ने सेवा गुणस्तरीय हुनुपर्ने बताएकी छिन् ।

भरतपुर अस्पतालको निरीक्षणपश्चात आज निर्देशन दिदै उनले गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल प्रशासनले ध्यान दिनुपर्ने बताएकी हुन् ।

भरतपुर अस्पताललाई देशकै उत्कृष्ट अस्पताल बनाउनुपर्ने भन्दै उनले यसका लागि सबै कर्तव्यनिष्ठ भएर लाग्नुपर्नेमा जोड दिईन् । सङ्घीय सरकार मातहतरही विशिष्ठ सेवासहितको विशेषज्ञ अस्पताल वनी सकेको भन्दै उनले यसका लागि आवश्यक पर्ने जनशक्ति, पूर्वाधार र उपकरणका लागि आवश्यक पहल मन्त्रालयमा गर्न पनि आग्रह गरिन् । मन्त्रालयले सो अस्पतालको विकासका लागि आवश्यक सहयोग गर्ने उनको भनाइ थियो । बीमाका कारण शुरुआतको समयमा अस्पतालले समस्या भोगे पनि विस्तारै यो व्यवस्थित गर्दै लैजानेतर्फ अस्पताल लाग्नुपर्ने उनले बताएकी छिन् । अस्पताललाई राम्रो व्यवस्थापन गर्न सकेमा आर्थिक अभाव नहुने सचिव चौधरीको भनाइ थियो ।

सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. कृष्ण पौडेलले बजेटको अभावमा अस्पताल सञ्चालनमा कठिनाइ भएको बताए । उनले अस्पतालको सम्पूर्ण गतिविधिका बारेमा सचिव चौधरीलाई जानकारी गराएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *