काठमाडौँ । काठमाडौँको बसुन्धरामा बम बिष्फोट भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा उक्त विस्फोट भएको प्रहरीले जनाएको छ ।
गाडीमा रहेको ग्यास सिलिण्डरमा विष्फोट भएको हुन सक्ने प्रहरीको अनुमान छ । विष्फोटबाट एक जना घाइते भएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार राति ९ बजे बम बिष्फोटन भएको हो ।
प्रहरी घटनास्थल पुगेसकेको र थप विवरण संकलन गरिरहेको उनले बताएका छन् ।