मन्त्री पण्डितद्वारा प्रसूति केन्द्रको शिलान्यास

पर्सा । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले छिपहरमाई गाउँपालिकामा निर्माण हुन लागेको अत्यधुनिक प्रसूतिगृह सेवा केन्द्रको शिलान्यास गरेका छन् ।

नेपाल सरकारले सञ्चालन गरेको तराई मधेश समृद्धि योजनाअन्तर्गत गाउँपालिका–२ सम्झौतामा ५६ लाख ९१ हजारको लागतमा निर्माण हुन लागेको प्रसूति केन्द्र निर्माण हुन लागेको हो ।

मन्त्री पण्डितले काम नगर्ने कर्मचारीलाई वर्तमान सरकारमा कुनै स्थान नभएको भन्दै छिटो छरितो गर्ने बानीको विकास गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *