प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणपछि बालुवाटार फिर्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षणपछि आज साँझ निवास फर्किएका छन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका प्रधानमन्त्रीको स्वास्थ्यवस्थामा कुनै खराबी नरहेको उपचारमा संलग्न प्रा. डा. अरुण सायमीले जानकारी दिए ।

प्रधानमन्त्रीले मुटुको नियमित परीक्षणका लागि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा परीक्षण गराएका थिए । थप केही परीक्षणका लागि आज अपराह्न प्रधानमन्त्रीलाई अब्जरभेशनमा राखिएको डा. सायमीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *