ठगी गर्ने तीन जना पक्राउ

मेलम्ची । दश लाख ठगी गरी फरार रहेका तीन जनालाई प्रहरीले आज काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको छ ।

गत पुस १७ गते बलेफी गाउँपालिका–५ अरनिको राजमार्गबाट दश लाख ठगी गरी फरार रहेका बाह्रबिसे नगरपालिका–५ गातीका प्रेमबहादुर तामाङ, सिङ्गबहादुर तामाङ र साजन तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *