तेह्रथुम । जिल्लाको छथरगाउँपालिका–२ हमरजुङमा आगलागी हुँदा २० बर्षीय सम्झना कार्कीको मृत्यु भएको छ । मंगलबार बिहान करिब ५ बजेको समयमा राममाया कार्कीको घरमा आगलागीमा हुँदा छोरी सम्झनाको मृत्यु भएको हो ।
आगोलागी हुँदा दुईतले घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । समझना घार आगलागी हुँदा भित्रबाट निस्कन नसकेपछि उनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका तेह्रथुमका सूचना अधिकारी नारायण गौतमले जानकारी दिनुभयो ।
सो घटनामा परी आमा राममाया पनि घाईते हुनु भएको छ । उहाँको अहिले स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको सुचना अधिकार गौतमले बताउनु भयो । आगलागी के कारणबाट भयो भनेर अनुसन्धान भइरहेको सूचना अधिकारी गौतमले बताउनुभयो । आगलागीबाट रु १० लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ