Accedent

मोटरसाइकल जुध्दा १ जनाको मृत्यु, ३ घाइते

दमक । विपरीत दिशाबाट आइरहेका मोटरसाइकल एकापसमा जुध्दा १ जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित कृष्ण मन्दिर सडकखण्डमा गएराति करीब ८ बजेतिर सो दुर्घटना भएको हो । दुर्घटनामा ३ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिम जाँदै गरेको मे३प १८३२ नंको मोटरसाइकल र पश्चिमबाट पूर्व आउँदै गरेको को३प ७७०० नंको मोटरसाइकल एकापसमा जुधेका थिए । मृत्यु हुनेमा इलाम चुलाचुलीका ४० वर्षीय पुरणकुमार राई रहेका छन् । उनी समाजवादी युवा फोरमका प्रदेश नं १ समिति सहसंयोजक रहेको खुलेको छ ।

घाइते हुनेमा दमक–१० का २५ वर्षीय सुजन धिमाल, पाँचथर फाल्गुनन्द गाउँपालिकाका रमेश तुम्रोक र परिचय खुल्न नसकेका अन्दाजी ४० वर्षीय एक नाम नखुलेका व्यक्ति रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घाइते सबैको विराटनरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *