दक्षिण अफ्रिकाका लेग स्पिनर इमरान ताहिरले विश्वकपपछि सन्यास लिने

काठमाडौं । इंग्ल्यान्ड र वेल्समा हुने विश्वकप क्रिकेटपछि इमरान ताहिरले सन्यास लिने घोषणा गरेका छन् । दक्षिण अफ्रिकाका लेग स्पिनर ताहिरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट २०१९ को मे ३० देखि जुलाई १४ तारिखसम्म आयोजना हुने आईसीसी विश्वकपपछि सन्यास लिने बताएका हुन् । तर उनले टी(२० अन्तर्राष्ट्रिय क्रिकेट भने खेल्नेछन् ।

पाकिस्तानमा जन्मेर सन् २०११ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका ३९ वर्षीय ताहिरले दक्षिण अफ्रिकासँग भद्र सहमति गरेको भन्दै विश्वकपपछि सन्यास लिने बताएका हुन् ।

इमरान ताहिरले वेष्ट इन्डिजविरुद्धको आफ्नो डेब्यु खेलमा नै उत्कृष्ट बलिङ गर्दै चार विकेट लिन सफल भएका थिए । त्यसपछि उनी टिममा नियमित पर्न थाले । ताहिरले ९५ एकदिवसीयमा १५६ विकेट लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *