इटालियन सिरी एस् नापोली १ गोलले पराजित

एजेन्सी । इटालियन सिरी ए फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा युभेन्ट्स विजयी बनेको छ । खेलमा नापोलिका एलेक्स मेरेटले गोल किपर र युभेन्ट्सका मेरालेम पेजानीकले पनि रातो कार्ड पाए । युभेन्ट्स १६ अंकले पहिफो स्थानमा रहेको छ । नापोली पराजित भएसँगै युभेन्ट्स उपाधि नजिक पुगेको हो ।

युभेन्ट्सको जितमा इम्रे क्यान र मेरालेम पेजानीकले गोल गरे । खेलेको २८ औँ मिनेटमा मिरालेमको गोलबाट अग्रता लिएको युभेन्ट्सले ३९ औँ मिनेटमा पज्नीकको गोलबाट दोब्बर अग्रतन बनायो । पहिलो हाफमा गोल रहित रहेको नापोलीका लागि ६१ औँ मिनेटमा जोशे कलेजोनले गोल गरे । नापोलीका तर्फबाट अर्को गोल नहुँदा नापोली १ गोल अन्तरले पराजित भयो ।

योसँगै १६ अंकले शिर्षस्थानमा रहेको युभेन्ट्स अपाधिको नजिक पुगिसकेको छ । २६ खेल खेलेको युभेन्ट्स ७२ अंक सहित पहिलो नम्बरमा छ भने बराबर खेल खेलेको नापोली ५६अंक सहित दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *