बलिउड अभिनेता गोविन्दा र अभिनेत्री शिल्पा सेठ्ठीले गल्ति गरेकै हो त ?

दिल्ली । बलिउड अभिनेता गोविन्दा र अभिनेत्री शिल्पा सेठ्ठीले दशकअघिको एउटा मुद्दामा राहत पाएकी छन् । यी दुईले चलचित्र छोटो सरकारमा गाउँदै नृत्य गरेको गीत एक चुम्मा तो मुझको उधार दे दे, बदलेमे युपी विहार ले ले…’ गीतमा विहार र युपीको सार्वर्भौमिकतामा आँच पु¥याएको भन्दै यी दुईविरुद्ध विहारको पाकुड जिल्ला अदातलमा मुद्दा चलेको थियो । सो अदातलले यी दुईलाई दोषी ठहर गरेको थियो ।

त्यसपछि यी दुईले जिल्ला अदातलको सो निर्णयविरुद्ध झारखण्ड हाइकोर्टमा आफ्नो न्यायका लागि मुद्दा दायर गरेका थिए । बुधबार झारखण्ड हाइकोर्टले पाकुड जिल्ला अदालतको निर्णयलाई खारेजी गरेको छ ।
यी दुईले आफूहरूले यो गीतमा केवल मनोरञ्जनको हिसाबले नाचेको र चलचित्रले कुनै पनि राज्यको सम्प्रभुत्तामा खलल पार्ने उद्देश्य नलिएको जिकिर गरेका थिए ।

उनीहरूको अपिललाई न्यायालयले सुनेको छ । जिल्ला अदालतको निर्णयलाई उच्च अदातलले खारेजी गरेपछि आफूहरूले केही राहत पाएको गोविन्दाले बताएका छन् । यो मुद्दाको बाँकी फैसला आगामी मार्चमा हुनेछ । मनोञ्जनका लागि निर्माण गरिएको यो चलचित्रको गीतमा नृत्य गर्नु आफूहरूको पेसा रहेकाले यो मनोरञ्जनपूर्ण गीतमा काम गरेबापत आफूहरूले न्याय पाउने पनि यी दुईको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *