कानुन वनाएर समस्याहरुको समधान गरिने : मन्त्री केसी

दिपेन्द्र शर्मा
कर्णाली सरकारका प्रवक्ता एवम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कानुन वनाएर भुमि सम्बन्धी समस्याहरु लाई समधान गरिने वताएकी छिन् ।

मन्त्री केसीले कर्णालीमा रहेको सवै खाले भुमिको समस्या समधान गर्नका भुमि सम्बन्धी समस्या समधान तथा ब्यवस्थापनका लागी समिती गठन गर्न लागीएको जानकारी दिइन् ।

उनले भनिन् उपयोग नीति निर्माणको चरणममा प्रदेश सरकार रहेकोले समस्या समाधान छिट्टै हुने आवश्वासन दिइन् । भुमिहिन, सुकुम्वासी र सिमान्तकृत समुदायको समस्या सामाधान गर्न सरकार गम्भीर रहेको वताउदै मन्त्री केसीले भूमि ऐन ल्याउन लागेको जानकारी दिइन् ।

मन्त्री केसीले संघिय सरकारले भूमि सम्वन्धि अधिकार प्रदेश सरकारलाई नदिदा कर्णालीको भुमि समस्या समाधानमा अफ्ठयारो भएको बताउदै त्यसलाई हल गर्न सरकार लागी परेको वताइन् ।

संविधानमा व्यवस्था गरिएका भुमि सम्वन्धि कतिपय अनुसुचि हरु तिनै तह संग वाझिदा समस्या भएको मन्त्री केसीको भनाई छ । नियमावलीमा स्थानीय सरकारले अधिकार पाएजस्तो देखीएपनि कार्यान्वयनमा त्यसो हुन नसकिएको मन्त्री केसीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *