लागुऔषध कारोवारमा ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै काभ्रेपलाञ्चोक

काभ्रेपलाञ्चोक । प्रहरीले गत पुस १६ गते विराटनगरबाट बिपी राजमार्गहुँदै बनेपा आउँदै गरेको गाडीमा ‘नाइट्राभेट–१०’ नामक प्रतिबन्धित लागुऔषधिसहित दुई जनालाई पक्राउ ग¥यो ।

तराई क्षेत्रबाट बिपी राजमार्गहुँदै आउने क्रममा काभ्रेपलाञ्चोक प्रहरीले नमोबुद्ध नगरपालिका–७ मङ्गलटारमा गाडी खानतलासी गर्दा सुनसरी गढी गाउँपालिका–३ छिटाहाका २० वर्षीय सरोजकुमार मेहता र भारतको कानपुरस्थित यूपीका २१ वर्षीय मनोजकुमार मेहतालाई ७५० चक्की नाइट्राभेट–१० लागुऔषधसहित पक्राउ गरेर लागुऔषध ऐन–२०३३ अनुसार मुद्दा चलायो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीराज खड्काले भने “प्राप्त सूचना आधारमा खानतलासी ग¥यौँ, अहिलेसम्मकै ठूलो परिमाणमा लागुऔषध बरामद ग¥यौँ, ओसारपसार गर्ने व्यक्ति पक्राउ गरी ऐन अनुसारको मुद्दा चलाएका छौँ । अहिले उनीहरु थुनामा छन् ।”

पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागुऔषध सङ्कलन गरी बनेपा र आसपासका शहरमा बिक्री गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले बताए ।

गत पुस महीनामा इलाका प्रहरी कार्यालय बनेपाले पनि प्राप्त सूचनाका आधारमा नै नाइट्राभेट–१० नामक लागुऔषधको ८२ पत्तासहित बनेपा नपाकै विभिन्न स्थानबाट सात जनालाई पक्राउ ग¥यो ।

इप्रका बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार पुस १३ गते बनेपा नपा–१३ स्थित साँगाबाट ५० पत्ता (एक हजार पाँच सय १४ चक्की) बोकेका तनहुँ शुक्लागण्डकी नपा–१ का २४ वर्षीय उत्तम कार्की र खोटाङ चिउरीडाँडा नपाका २५ वर्षीय आशिष थापालाई पक्राउ गरियो ।

प्रहरीले कार्की र थापाको बयानकै आधारमा पुस १७ गते राति अरनिको राजमार्गको बनेपा–१३ साँगामा काठमाडौँबाट बनेपातर्फ मोटरसाइकलमा आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१५ का २३ वर्षीय प्रशिल थापा क्षेत्री र मोरङ सुनबर्सी नपा–६ का ३६ वर्षीय देवकुमार राजवंशीलाई झोलामा लुकाएको अवस्थामा २५ पत्ता लागुऔषधसहित पक्राउ ग¥यो ।

सोही रातिनै बनेपा नपा–८ चाँदनीचोकबाट बनेपा नपा–१० जनागालका २३ वर्षीय सविन हुमागाईं, महोत्तरी लक्ष्मिनीया गाउँपालिका–३ का ४० वर्षीय लालबाबु मण्डल र २४ वर्षीय अजय शाहलाई सातपत्ता नाइट्राभेट–१० सहित पक्राउ ग¥यो ।

प्रहरीले प्राप्त सूचनाकै आधारमा मात्रै जेकजाँच गरी लागुऔषध बरामद तथा ओसापसारकर्ता पक्राउ गरी सार्वजनिक गर्ने गरेको छ ।

घटना विवरणअनुसार पछिल्लो समय लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ काभ्रेपलाञ्चोक बन्दै गएको देखिन्छ । प्रहरीले पनि नियमित चेकजाँच नगर्दा लागुऔषध कारोबार फस्टाउँदै गएको मानवअधिकारकर्मी भोजराज तिमल्सिना बताउँछन् ।

उनी भन्छन्, “तराईसँग छोटो दुरीका रुपमा प्रयोग गरिने बिपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको पाइएको छ, प्रहरीले त्यसबारे योजना नै बनाउनुपर्ने देखिन्छ ।” उनका अनुसार बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)बाट लागुऔषध तस्करी भएको घटनाले पनि राजमार्गमा प्रहरीले आफ्ना गतिविधि बढाउनुपर्ने आवश्यकता छ ।

प्रतिबन्धित लागुऔषध विशेषगरी युवा पुस्ताले प्रयोग गरेको पाइएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *