मोरङमा नेकपाका दुई नेताप्रति श्रद्धाञ्जलि

उर्लाबारी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई नेताको शोकमा आज मोरङको पथरी शनिश्चरेमा श्रद्धाञ्जलिसभा गरिएको छ ।

शनिबार राति निधन भएका पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी र ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी दिवङ्गत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको हो ।

नेकपा नगर कमिटीको आयोजनामा दुवै नेताको तस्बिरमा माल्यार्पण गर्दै शोकपुस्तिकामा हस्ताक्षर गरिएको नगरका नेता मोहन तुम्बापोले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *