देश विकासका लागि प्रतिपक्ष दल पनि सहयोगी बन्न सक्नुपर्छः प्रवक्ता श्रेष्ठ

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले देश विकासका लागि प्रतिपक्ष दल पनि सहयोगी बन्न सक्नुपर्ने बताएका छन् । गोरखाको पालुङटार नगरपालिका–५ आँपपिपलमा आज आयोजित एक कार्यक्रममा उनले बताए ।

प्रवक्ता श्रेष्ठले जनताले वास्तविक अनुभूति गर्ने गरी सरकारले विकासको काम अघि बढाएको भन्दै प्रतिपक्षले पनि सकारात्मक भूमिका खेल्नु पर्ने बताउँदै भने, “वर्तमान सरकारले सकारात्मक ढङ्गले पहलकदमी लिइरहेको छ, त्यसलाई जनतासम्म पु¥याउन सबैको पहल कदमी आवश्यक छ ।”

उनले सरकारले गरेका राम्रा काममा प्रतिपक्षलगायतका दललाई हातेमालो गरेर अघि आग्रहसमेत गरे । “विकास सरकार र सत्तारुढ पार्टीको मात्र एजेण्डा बन्नु हुँदैन”, प्रवक्ता श्रेष्ठले भने, “प्रतिपक्ष, अन्य राजनीतिक दल र आम जनताको पनि एजेण्डा बन्नु पर्छ ।”

समृद्धि केही धनीमानी, शहरवासीले मात्र नभएर गाउँगाउँ र कुनाकुनाका जनताले महसुस गर्ने गरी हुनु पर्नेमा उनले जोड दिए । प्रवक्ता श्रेष्ठले जनताको त्याग तपस्या र बलिदानबाट आएको राजनीतिक परिवर्तनलाई राजनीतिक परिवर्तनमा मात्र सीमित गर्न नहुने भन्दै संविधानमा उल्लेखित नागरिकको मौलिक हक पूरा गर्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *