लागुऔषध दुव्यर्सनीविरुद्ध सडक नाटक प्रदर्शन

काठमाडौँ । महानगरीय प्रहरी वृत्त स्वयम्भूले लागुऔषध दुव्यर्सनविरुद्ध सडक नाटक प्रदर्शन गरेको छ ।

वृत्तले नागार्जुन नगरपालिकासँगको सहकार्यमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागुऔषध दुव्यर्सनीविरुद्ध विद्यालयस्तरीय जनचेतनामूलक नाटक प्रदर्शन गरेको हो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले सडक नाटकले समाजमा भएका विकृति–विसङ्गति नियन्त्रण गर्न सहयोग पुग्ने बताए । “नेपाल प्रहरीले लागू गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमको सङ्कल्प पूरा गर्न कार्यक्रमले सहयोग पुग्नेछ,” उनले भने ।

कार्यक्रममा युवा सहभागिता मावि, इन्टरनेशनल पिस एकेडेमी, ग्रिनफिल्ड एकेडेमी तथा पिपुल्स फ्रेन्सिप एकेडेमीका विद्यार्थीले सडक नाटक प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *