‘बी’ डिभिजन लिगः आरसिटीद्वारा युवा क्लब पराजित

काठमाडौँ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको दोस्रो चरणको रानीपोखरी कर्नर टिम (आरसीटी) विजयी भएको छ ।

एन्फा मैदान सातदोबाटोमा भएको खेलमा आरसिटीले टुसाल युवा क्लबलाई २–१ गोल अन्तरले पराजित ग¥यो । आरसिटीलाई जीत दिलाउन उनम बुढाथोकीले दुई गोल गरे । टुसालका करण रावतले एक गोल फर्काए । खेलको ३१औँ मिनेटमा उनमले गोल गर्दै आरसिटीलाई शुरुआती अग्रता दिलाए । ७६औँ मिनेटमा करणले गोल गर्दै टुसाललाई १–१ गोलको बराबरीमा फर्काए । खेलको ८२औँ मिनेटमा उनमले व्यक्तिगत दोस्रो गोल गर्दै आरसिटीलाई २–१ को जीत दिलाए । जीतसँगै आरसिटीले तीन अङ्क जोडेको छ ।

बाह्र ‘बी’ डिभिजन क्लब सहभागी उक्त प्रतियोगिताअन्तर्गत दुवै समूहका विजेता र उपविजेता अन्तिम चारमा छनोट भएपछि अन्तिम चरणक खेलहरु आजदेखि एन्फा मैदानम शुरु भएको हो । पहिलो चरणमा सहभागी १२ क्लबलाई दुई समूहमा विभाजन गरेर लिग खेलाइएको थियो । त्यसपछि दुवै समूहको शीर्ष दुई स्थानमा रहँदै सातदोबाटो युथ क्लब, श्री भगवती युथ क्लब, टुसाल युथ क्लब र आरसिटी क्लब अन्तिम चारमा पुग्न सफल भएका थिए ।

यस्तै फागुन १९ गते टुसाल र श्री भगवती तथा सातदोबाटो तथा आरसिटीबीच हुनेछ भने २१ गते आरसिटी र श्री भगवती तथा सातदोबाटो र टुसला क्लबबीच खेल हुने छ । छ खेलपछि सबैभन्दा धेरै अङ्क जोड्ने क्लब च्याम्पियन हुने छ । गत माघ २५ गतेदेखि शुरु भएको प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लब झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन, टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लबले प्रतिस्पर्धा गरेका थिए ।

लिगको विजेताले आठ लाख पाउने छ । उपविजेताले पाँच लाख, तेस्रो हुनेले तीन लाख र चौथो हुने टोलीले दुई लाख पाउने छन् । लिग रेलिगेशनबिनाको हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *