टिपरको ठक्करबाट एक बालकको मृत्यु

लम्की । पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खडमा टिपरको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१क ३२८ नं को टिपरले ठक्कर दिँदा घोडाघोडी नगरपालिका–१ सुख्खड पिपलडाँडाका ६ वर्षीय शुभम बस्नेतको मृत्यु भएको हो । उनलाई सडक पार गर्ने बेला टिपरले ठक्कर दिएको थियो । बस्नेतको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

टिपर चालक कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीका ४३ वर्षीय हिरासिंह धानुकलाई इलाका प्रहरी कार्यालय सुख्खडले नियन्त्रणमा लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *