शोक प्रस्ताव पारित

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आज बसेको आकस्मिक बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं प्रतिष्ठानका संरक्षक रवीन्द्र अधिकारीको निधन भएकामा दुःखद व्यक्त गरेको छ ।

उक्त प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यको अध्यक्षतामा बसेको बैठकले ताप्लेजुङको तारेभीरमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा अन्य छ जना राष्ट्रसेवकको निधन भएकामा शोक प्रस्ताव पारित गरेको हो । प्रतिष्ठानले मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना र सहानुभूति प्रकट गरेको छ । घटनाबाट राष्ट्रलाई अपूरणीय क्षति पुगेको जनाइएको छ ।

प्रतिष्ठानको समग्र उन्नति र प्रगतिमा ठूलो सहयोग पु¥याउँदै आएका संरक्षक अधिकारीलाई अकस्मात गुमाउनुपर्दा प्रतिष्ठान परिवार मर्माहत भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *