हिउँ पन्छाइएपछि यातायात सञ्चालन

हेटौँडा । त्रिभुवन राजपथको सिमभञ्ज्याङ, दामन पालुङमा गएराति परेको बाक्लो हिउँ पन्छाइएको छ । हिउँ पन्छाइएपछि आज अपराह्नबाट हेटौँडा–काठमाडौँतर्फ यातायात सेवा सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

उक्त सडकमा परेको डेढ मिटर हिउँ थाहा नगरपालिकासँग समन्वय गरी नून छर्केर एक्साभेटर प्रयोग गरी पन्छाइ यातायात सञ्चालन गरिएको पालुङ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव सिलवालले जानकारी दिए ।

यसैगरी हेटौँडा कुलेखानी सडकअन्तर्गतको फाखेल सडक खण्डमा परेको हिउँ सडकबाट पन्छाई आजै अपराह्न हेटौँडा कुलेखानी हुँदै फाखेलको यातायात सेवा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गएराति परेको अत्यधिक हिउँले हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने र सिमभञ्ज्याङ, दामन, पालुङ हुँदै काठमाडौँ जाने सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *