मन्त्री पुन अस्पताल भर्ना

काठमाडौँ । ऊर्जा, जलस्रोत एवं सिँचाइमन्त्री वर्षमान पुन अचानक अस्वस्थ भएपछि आज अपराह्न उपचारार्थ स्थानीय नर्भिक अस्पताल भर्ना भएका छन् ।

मन्त्री पुन अस्पताल भर्ना भएको खबर प्राप्त हुनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अस्पताल पुगेर उनको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्रीले मन्त्री पुनको उपचारमा हरसम्भव प्रयत्न गर्न चिकित्सकहरूलाई अनुरोध गरेको अस्पतालले जनाएको छ । मन्त्री पुनको स्वास्थ्य अवस्थाबारे वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनाल, पूर्वगृहमन्त्री जनार्दन शर्मा, गृहसचिव प्रेमकुमार राईले जानकारी लिएका थिए ।

यसैबीच, प्रधानमन्त्रीले बुधबार भएको हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका सातैजनाका घरमा पुगेर मृतकका परिवारजनमा हार्दिक समवेदना एवं सहानुभूति प्रकट गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *