काठमाडौं । हेलिकोप्टर दुर्घटनामा निधन भएका संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना मृतकको शव श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ ।
पोष्टमार्टम सकेर अपरान्ह तीन बजेदेखि श्रद्धाञ्जलीका लागि सबै शव टुँडिखेलमा राखिने नेकपाले जनाएको छ । तर सातै जनाको शव जलेको अवस्थामा रहेकोले पोष्ट मार्टम गर्न समय लाग्ने देखिएको छ।
निधन भएका सातै जनाको शव नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौँ ल्याइएको छ। नेकपाले अपरान्ह तीन बजेपछि हुने श्रद्धाञ्जलीमा सहभागी हुन पनि सबैमा आग्रह गरेको छ।
मन्त्री अधिकारीको अन्त्येष्टि फागुन १७ गते गृह जिल्ला पोखरामा हुने पार्टीले जनाएको छ।