ट्रम्प र किमबीच भेटबार्ता,  शिखर सम्मेलन आजबाट  शुरु 

हनोइ । शिखर सम्मेलनमा सहभागी हुन दुई शक्तिसाली मुलुक अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किमजोङ जोङ भियतनामको हनोइ पुगेका छन् । पूर्व निधारित समय अनुसार सम्मेलन बुधबार अर्थात आजबाट आरम्भ हुने भएको छ । सम्मेलनमा सहभागी हुन राष्ट्रपति ट्रम्प र नेता किम मंगलबार साँझ नै भियतनाम आईपुगिसकेको अधिकारीहरुले बताएका छन् ।

शिखर सम्मेलनमा सहभागि हुन अमेरिकी राष्ट्रपति ट्रम्प मङ्गलबार साँझ भियतनामको अन्र्तराष्ट्रिय विमानस्थलमा ओर्लीएका थिए । उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको त्यहाँका स्थानीय संचार माध्यमहरुले जनाएका छन् । उता उत्तर कोरियाको नेता किम पनि करिब ४ हजार किलोमिटर रेल यात्रा गरेर शिखर सम्मेलनमा सहभागी हुन मंगलबार नै भियतनाम पुगिसकेका छन् ।

दुई नेताको यो भेटवार्तालाई लिएर त्यहाँका सुरक्षा संयन्त्रलाई कडाई गरिएको छ । अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता किमबीच बुधबार र बिहीबार कोरियाली प्रायद्वीपलाई आणविकरूपमा निशस्त्रीकरण गर्ने सम्बन्धमा छलफल हुने कार्यक्रम छ ।

विश्व समुदायले यस पटकको वार्तामा उत्तरकोरियाली आणविक कार्यक्रमका बारेमा उल्लेखनीय प्रगति हुने अपेक्षा गरेको छ । ट्रम्प र किमबीच यो बैठक दोस्रोपटक भेटवार्ता हुन लागेको हो । यो भेटवार्तालाई विश्वलेने नियालरहेको छ । ट्रम्प र किबीचको पहिलो बैठक गत वर्षको जुन १२ मा सिंगापुरमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *