नाट्यकर्मी जेबी डिसी अभिनित तथा देव कोइमीको ‘हेलो’ म्युजिक भिडियो सार्वजनिक

नाट्यकर्मी जेबी डिसी अभिनित म्युजिक भिडियो ‘हेलो, म तिमीलाई नै बोलाईरहेछु’ बोलको मिठो गीत सार्वजनिक गरिएको छ । शब्द,संगीत र स्वर देव कोइमीको छ । गीतलाई जेम्स प्रधानले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियोको निर्देशन जितेन्द्र राज उपाध्यायले गरेकाछन् भने राजेन्द्र डंगोलले छायांकन गरेका हुन् । लक्ष्मी बस्नेत र जेबी डिसीको अभिनय रहेको उक्त भिडियोमा एक प्रेमीले प्रेमिकालाई ‘हेलो’ भन्दै बोलाएर फकाएको द्रिष्य छ । यद्दपी भीएफएक्सको प्रयोगमा केही कमजोरी देखिएता पनि सुन्दर दृश्य संयोजन र स्वर-संगीतले भने दर्शकलाई आनन्द प्रदान गर्छ ।

 

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top