त्रिभुवन विमानस्थल नयाँ ढंगले अघि बढ्दै

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिया विमानस्थल अब नयाँ तरिकाले परिवर्तन हुने भएको छ । यहा अधिकांश फोहोर शौचालय, अव्यवस्थित पार्किङ रहने समस्या हट्ने भएको छ । अबको केही महिनापछि उक्त विमानस्थलमा यस्तो समस्या सायद देखिने छैन । यस खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित गरिएको छ ।

बरु यो विश्वकै पहिलो बुटिक विमानस्थलका रुपमा परिणत हुनेछ । अहिले त्रिभुव अन्तर्राष्ट्रिया विमानस्थलको नामले चिनिँदै आएको यो स्थलको नाम सम्भव काठमाडौं बुटिक इन्टरनेसनल एयरपोर्ट हुनेछ ।

यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै तयारी पूरा गरिसकेको दाबी गरेको छ । ‘झन्डै नौ महिनाअघिदेखि थालिएको तयारीबारे पर्यटन मन्त्रालयका एक अधिकारीले भने, ‘हामी बैशाख १ गतेदेखि घोषणा गर्दै छौँ ।’ केही समय पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारेमा एउटा टेलिभिजन कार्यक्रममार्फत सार्वजनिक पनि गरिसकेका छन् ।

विमानस्थलमा पर्यटन मन्त्रालयले भित्री भागमा पोस्टर र विज्ञापन निकालेर नेपाली पहिरन, वेशभूषा जनजीवन, खानपान झल्किने कलासंस्कृति राख्ने जनाएको छ । यसका लागि १५ करोड बजेट अनुमान गरिएको जनाउँदै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले तयारी गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *