फरार अभियुक्त पक्राउ

यो सामग्री सेयर गर्नुहोस

बर्दिया । आठ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक युवकलाई आठ वर्षपछि आज प्रहरीले पक्राउ गरेको छ ।
गुलरिया नगरपालिका–१२ भैसाहीका २० वर्ष कैद सजाय तोकिएका ३९ वर्षीय शङ्खर थारुलाई प्रहरीले घरमै लुकिछिपी रहेको अवस्थामा आजे बिहान पक्राउ गरेको हो ।

सोही ठाउँका ३० वर्षीय छोतेलाल थारुको २०६७ जेठ १४ गते हत्या गरी फरार रहेका थारुलाई सूचनाको अधारमा पक्राउ गरेको प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिए । बर्दिया जिल्ला अदालतले २०७२ माघ १३ गते घटनाका आरोपिलाई दोषी ठहर गरी सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो ।

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top