युवामा बढ्दै लागुऔषध प्रयोगबारे प्रहरीको प्रशिक्षण

सिरहा । बढ्दो लागुऔषध प्रयोग तथा युवामा बढ्दै गएको विकृृतिविरुद्ध मिर्चैया प्रहरीले विद्यार्थीलाई कक्षामै पुगेर पढाउन थालेको छ । प्रहरी मेरो साथी कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि इलाका प्रहरी कार्यालय मिर्चैयाले आफ्नो एरियाभित्रका विद्यालयमा पुगेर पढाउन थालेको हो ।

यसैक्रममा आज मिर्चैया नगरपालिका–६ स्थित मिथिला विद्या मन्दिरका छात्रछात्रालाई ‘सभ्य र सुरक्षित समाज निर्माणका लागि नैतिक चरित्र र अनुशासनको विकास’ भन्ने शीर्षकमा जनचेतनामूलक प्रशिक्षण दिएको छ ।

विद्यार्थीमा देखिएको नैतिकताको कमी र अनुशासनहीनताको अवस्थालाई सुधार गर्नका लागि प्रशिक्षण शुरु गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दीपेन्द्र साहले जानकारी दिए।
प्रशिक्षणले समाजमा बढ्दै गएको हत्या हिंसा, बलात्कार, चोरी डकैतीमालगायतका विकृतिमा कमी आउने उनले विश्वास व्यक्त गरे ।

लुटिएको नगद र मोटरसाइकल बरामद

सिरहा नगरपालिका–३ स्थित लच्का मखनाहाबाट व्यवसायीसँग लुटिएको मोटरसाइकल र नगद प्रहरीले गए राति बरामद गरेको छ ।

सिरहा नगरपालिका–१५ सुकचैन निवासी सञ्जय यादवले बुधबार दिउँसो रामजानकी मनि ट्रान्सफरको लागि लैजाँदै गरेको अवस्थामा मोटरसाइकल नम्बर नखुलेको तीन वटा मोटरसाइकलमा आएका चार÷पाँच जना अपरिचित व्यक्तिले बाटो छेकी बिआर ३२ भि १५७० नम्बरको मोटरसाइकल तथा रु नौ लाख ५० नगद लुटेका थिए ।

सो घटना भएको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–२१ लकडीगोठस्थित सडक नजिकको खोल्सामा लुटिएको मोटरसाइकल र सिटमुनि रिन्ज राख्ने ठाउँबाट उक्त नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top