मुलुकी ऐनको मस्यौदा बनाउने देउवा नेतृत्वको सरकार, किन आफै विराधमा ? : सुवासचन्द्र नेम्वाङ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारको विरोधमा उत्रिएकाहरुले आफैलाई मौन आरोपित बनेर बसेको बताएका छन् । उनले प्रमुख प्रतिपक्षीदल कांग्रेसले सत्तरुढपार्टी प्रतिको रुष्टता पोख्न विगतमा आफैँले गरेका निर्णयलाई अहिले विरोध गरिरहेको आरोप लगाएका छन् ।

दुईतिहाइको सरकारलाई भत्काउन विपक्षीहरू लागिपरेकोउनको दावी छ । नेपालको संविधान ९० प्रतिशत संसद्ले हस्ताक्षर गरेको संविधान रहेकाले यो संसारकै शक्तिशाली संविधान रहेको बताउदै नेम्वाङले ‘शेरबहादुर देउवा नेतृत्वको सरकारले नै बनाएको मुलुकी ऐनको मस्यौदा उ आफैले विरोध गर्नु लज्ज्सपद कुरा रहेको बताए । उनले भने, ‘मुलुकी ऐनको मस्यौदा ‘शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको हो, अहिले त्यसैको विरोध गर्नु आश्चर्यजनक कुरा हो ।’

प्रमुख विपक्षी दल सरकार भत्काउने खेलमा लागेका भन्दै नेकपा नेतृत्वको पार्टीलाई सुदृढ र सक्षम बनाउन पार्टी दह्रो हुनुपर्ने उल्लेख गरे ।

नेम्वाङ्ले अगाडि भने, ‘हामीले निर्माण गरेको संविधानमा ९० प्रतिशत जनताका प्रतिनिधिले हस्ताक्षर गरेका छन्,’ नेम्वाङले थपे, ‘तर, संविधानकै विरोध गर्ने साथीहरू पनि यही संविधानको कानूनअनुसारको शपथ खाएको छ । अहिले कसैले पनि संविधान नमानेको छैन ।’

संविधानसभाका पूर्वसभामुखसमेत रहेका नेम्वाङले संविधानमा । पूर्ण प्रेस स्वतन्त्रता’ लेख्ने व्यक्ति आफू नै रहेको बताए ।

नेम्वाङले आफूलाई संसद्को शपथ खुवाउने व्यक्ति नै राजपाका नेता महन्थ ठाकुर रहेको भन्दै अहिले संविधान सबैले स्वीकार गरिरसकेको बताए ।

‘संविधानको विरोध गर्ने पार्टी राजपा हो । तर, हामीलाई ज्येष्ठ सदस्यको नाताले संसद्को शपथ खुवाउने मान्छे महन्थ ठाकुरले पनि त यही संविधानलाई टेकेर शपथ खाएको थियो उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *