फ्रान्समा मजदूर युनियनको आह्वानमा भएको आमहड्तालमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा दर्जनौं घाइते भएको र सयौं प्रदर्शनकारीहरुलाई राजधानी पेरिसमा गिरफ्तार गरिएको समाचार सार्वजनिक भएको छ । देशव्यापी रुपमा भएको यो आमहड्तालमा दशौँ लाख मानिस सडकमा उत्रेका छन् । संचार माध्यममा प्राप्त भिडियो फुटेजमा प्रदर्शनकारीहरुले प्रहरीमाथि केहि बस्तु…

अदालतबाट सफाइ पाएपछि ‘फुजेल घटना’बारे के भन्छन् छबिलाल ?
बहुचर्चित फुजेल प्रकरणमा ७९ वर्षीय वृद्ध छविलाल पौडेललाई मुख्य आरोपी बनाएर चितवन जिल्ला अदालतमा दर्ता गरिएको मुद्दामा गत भदौ २४ गते चितवन जिल्ला अदालतले सफाई दिएपछि जनदिशाले पौडेलसँग विशेष वार्ता गरेका थियो । पौडेलको विगत, कानूनी र अदालती चक्कर, उनको व्याक्तिगत जीवनमा परेको प्रभाव र अन्य धेरै कुराहरू बारेमा हामीले जान्ने प्रयास गरेका थियौं । वार्ताको क्रममा उनले गाउँमा अस्पताल खोल्ने आफ्नो इच्छा रहेको र सो इच्छा अधुरो हुन्छ की भन्ने पीर परेको पनि बताएका थिए । प्रस्तुत छ छविलाल पौडेलको भनाइ :