काठमाडौं । सरकारी चिकित्सक संघ, नेपालले स्वास्थ्य सेवामा कार्यरत चिकित्सक बाहेकका चिकित्सकलाई प्रतिष्ठानको उपकूलपति बनाउन खोजिएको आशंका गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेको छ । सरकारी चिकित्सक संघ, नेपालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति छनौंट प्रक्रियामा असहमति जनाउँदै त्यसविरुद्ध सरकारी चिकित्सक संघ, नेपालले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेको हो ।
संघले मुलुकको एक मात्रै पुरानो सरकारी अस्पताल वीर अस्पतालमा उपकुलपति नियुक्ती गर्ने विषयलाई हल्का रुपमा नलिन पनि संघले सरकारलाई चेतावनी दिएको छन् ।
संघले स्वास्थ्य सेवामा कामै नगरेका र नजिकबाट अनुभव संकलन नगरेका चिकित्सकलाई उपकुलपतिमा सिफारिस गरिए न्यायोचित नहुने ठहर गरी स्वास्थ्य सेवाका बहालवाला चिकित्सकलाई नै उपलकुलपति नियुक्त गर्न माग गर्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई गएको आइतबार ज्ञापनपत्र बुझाइसकेको छ ।
स्वास्थ्य सेवामा कार्यरत चिकित्सकलाई मात्रै उपकुलपति बनाउन गरिएको आग्रह बेवास्ता गरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी मेत संघले दिएको छ ।