काठमाडौँ । फिल्म ‘ए मेरो हजुर ३’ मा अभिनेता सलोन बस्नेत अनुबन्ध भएका छन् । अनमोल केसीको लिड रोल रहने फिल्म ए मेरो हजुर ३ मा अनमोल र सलोनले तेस्रो पटक सँगै काम गर्न लागेका हुन् ।
यसअघि यी दुई ‘होस्टेल’ र ‘गाजलु’ मा काम गरेका सलोनलाई कथाको माग अनुसार नै ‘ए मेरो हजुर’ को तेस्रो सिरिजमा लिइएको हो ।
‘ए मेरो हजुर ३’ मा अनमोलले एक गायकको भूमिका निर्वाहा गर्दैछन् भने सुहाना फ्यानको भूमिकामा देखिनेछन् । एक सेलिव्रेटी र फ्यानबीचको प्रेमकथा फिल्मले वाचन गर्ने बताइएको छ ।
फ्लोरमा निस्कनु अगावै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ । झरना थापाले निर्देशन गर्ने फिल्म चैत २९ गते रिलिज हुँदैछ ।