हिमाली जिल्लामा औलो

हुम्ला । तराईका जिल्लामा मात्र देखिने औलो रोग हिमाली जिल्लामा पनि देखिन थालेको छ । बिषेश गरि तराइ जिल्लाहरुमा मात्रै देखिने औलो रोग हुम्ला जिल्लामा औलो पनि देखिएको हो । हुम्लामा सात जना औलोका बिरामी देखा परेका छन्। यो सँगै औलोका रोगिको संख्या बृद्धी हुन थालेपछि जिल्ला अस्पतालमा चुनौति देखीन थालेको छ ।

हूम्लाका ग्रामीण क्षेत्रहरुमा आर्थिक वर्षमा मात्रै एक दर्जन औलो रोगका लक्षण भएका बिरामी भेटिएको जिल्ला अस्पताले जनाएको छ ।२०७५ बैशाखमा मात्रै सर्केगाढ गाउँपालिकामा रहेको स्वास्थ्य चौकीमा २ जान, ताँजकोट गाउँपालिकामा रहेको स्वाथ्य चौकीमा २ जना र अदनचुली गाउँपालिकामा ३ जना औलोका बिरामी फेला परेको अस्पतालले जनाएको छ। पछिल्लो समयमा हुम्लाका विभिन्न गाउँमा औलो संक्रमित बढी छन्। शरीर थरथर काप्ने, मुखबाट फिँज निकाल्ने, खलखली पसिना आउने, वाकवाकी लाग्ने, टाउको दुख्ने र खाना खान मन नलाग्ने जस्ता लक्षण देखएको छ। गाउँमा औलो रोग फैलिएकाले औषधी र स्वास्थ्यकर्मीको अभाव देखिएको छ।

औलो रोगका बिरामीको उपचारका लागि आवश्यक पर्ने ‘क्लोरोक्वीन र प्रिमाक्वीन’नामक औषधीको अभाव हुन नदिन जिल्ला स्वास्थय कार्यालय हुम्लाले पहल गरेको छ।त्यो सँगै जिल्लाबाट स्वास्थ्यकर्मीको टोली बनाएर प्रभावीत क्षेत्रमा पठाइरहेको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *