सर्पको टोकाइबाट एकको मृत्य

राजविराज । सप्तरी महदेवा गाउँपालिका–४ मा सर्पको टोकाइबाट आज एकजना वृद्धाको मृत्य भएको छ । मृत्युहुने सोहि ठाउँबस्ने ६० वर्षीया मूर्तिदेवी राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घर नजिकै धान खेतमा काम गर्ने क्रममा उनलाई सर्पले टोकेको थियो । सर्पको टोकाइबाट सिकिस्त भएकी रामलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *