७० वर्षीया वृद्धा ‘बलात्कृत’

पोखरा । पोखरामा ७० वर्षीया वृद्धा बलात्कृत भएकी छिन् । राम्रोसँग आँखासमेत देख्न नसक्ने वृद्धालाई छिमेकी ४५ वर्षीय रेवतीरमण पाण्डेले बलात्कार गरेको पीडितको बताएकी छिन् । पोखरा महानगरपालिका वडा नम्बर ३१ नहरचोककी वृद्धा बलात्कृत भएपछि पीडित परिवारले प्रहरीमा उजुरी गरेका हुन् ।

रक्सीले मातेका पाण्डेले बुधबार दिउँसो १ः४५ बजे बलात्कार गरेको बताइएको छ । श्रीमती माइत गएका बेला पाण्डेले बृद्धालाई घरकै कोठामा थुनेर जबरजस्ती गरेको स्थानीयको जनाएको छ ।

एउटै घरको फरक कोठामा बस्ने पाण्डेले वृद्धाको छोरा सामान किन्न बेगनासताल चोक गएका बेला ढोका थुनेर बलात्कार गर्न थालेको भन्दै स्थानीय एक युवकले वृद्धाकी छोरालाई खबर गरेका थिए । उनको छोरा आउन्जेलसम्म पाण्डे र वृद्धा कोठाभित्रै थिए । भित्रबाट चुकुल लगाइएको थियो ।

ति वृद्धाको छोरोले ढोका खोलेर पाण्डेलाई कुट्न थालेपछि पाण्डे भागेको स्थानीयले बताएका छन् ।

बृद्धाले भने बलात्कार भए नभएको बताउन नसकेको प्रहरीको दावी छ । राम्रो सँग बोल्न नसक्ने बृद्धाले स्पष्ट बताउन सकीरहेकी छैन्न् । तर पाण्डेका आफन्तले भने बलात्कारको आरोप मात्रै लाएको भन्दै फरार पाण्डेलाई प्रहरी समक्ष राख्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *