काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा १९ सय हेक्टरभित्र आभारभूत संरचना बन्ने भए पनि आठ हजार ४५।७९ हेक्टरका रूख काट्न लागिएको भन्दै वन र वातावरणविद्ले आपत्ति जनाएका छन्।
पाँच लाख ८५ हजार ४९९ ठूला र १८ लाख ६४ हजार ८२० वटा पोल आकारका गरी कुल २४ लाख ५० हजार ३१९ वटा रुख काटेर विमानस्थल बनाउने योजनाअनुरूप वातावरणीय प्रभाव मूल्यांक९ईआईए० प्रतिवेदन गत जेठमा तत्कालीन वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेको समाचार आजको कान्तिपुरमा छ।
रुख नोक्सानीको शोधभर्नास्वरूप आयोजनाले एक रुख बराब २५ बिरुवाका दरले दरले ६ करोड १२ लाख ७० हजार ५२५ बिरुवा रोप्नुपर्ने हुन्छ। त्यसका लागि ३८ हजार २९४ जमिन आवश्यक पर्छ। त्यो जमिन कहाँ छ, अझै टुंगो लागेको छैन।