भदौ १ अघिका मुद्दामा पुरानै ऐनअनुसार फैसला हुने

काठमाडौं । सर्वोच्च अदालतको बुधबार बसेको फुलकोर्ट बैठकले भदौ १ अघिका मुद्दामा पुरानै मुलुकी ऐन र सम्बद्ध ऐनअनुसार फैसला गर्ने समझदारी गरेको छ।

समझदारीबाट सर्वोच्चसहित देशभरिका अदालतमा रहेको फौजदारी र देवानी प्रकृतिका झन्डै दुई लाख मुद्दाको फैसला विधि टुंगिएको हो। समझदारीलाई बिहीबारै सबै अदालत र न्यायाधीकरणमा सर्कुलर गरिने भएको हो ।

मुलुकी फैजदारी र देवानी संहिता लागु भएपछि पुराना मुद्दाको फैसला कसरी गर्ने भन्ने जटिलता देखिएको थियो, यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *