२२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिने

काठमाडौं । उपत्यकका प्रसारण ‘रिङ’ नामदिएर नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा उच्च क्षमताको विद्युत् प्रसारण प्रणाली बनाउने भएको छ। आपूर्ति प्रणालीलाई सुधार गरि
दीर्घकालीन बनाउने लक्ष्यले सो काम सुरु गरेको प्रधीकरणले जनाएको छ ।

हाल उपत्यकामा १३२र६६ र ६६र११ केभी प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति भईरहेको छ। आगामी दिनमा हुने विद्युत् मागको व्यवस्थापनका लागि उपत्यकाका काठमाडौं , ललितपुर र भक्तपुर जिल्लालाई समेट्ने गरी २२० केभी डबल सर्किट प्रसारण लाइनको रिङ निर्माण गर्न लागिएको हो। त्यो सँगै काठमाडेँ उपत्यका भित्रका अन्य प्रशारण लाइन हरु पनि मर्मत गरिने भएका छन् ।

बाहिरी चक्रपथसँगै बन्ने सो प्रसारण लाइनको लम्बाइ ७५ किलोमिटर रहने र आयोजनाको अनुमानित लागत १५ करोड अमेरिकी डलर छ।लगानीका लागि एशियाली विकास बैंकलाई अनुरोध गर्ने योजना प्राधिकरणले बनाएको छ। प्राधिकरणका अनुसार एकरदुई वर्षभित्रमै उपत्यकामा विद्युत आपूर्ति गर्न अहिलेको संरचनाले धान्न गाह्रो हुने भएकाले उच्च क्षमताको प्रसारण लाइन र सबस्टेसन निर्माण काम अगाडि बढाइएको जानकारी बताएका छन् ।

चरम समस्याका रुपमा रहेको विद्युत् कटौती अन्त्य भएपछि काठमाडौं उपत्यकामा विद्युत्को माग बढ्दै गएको छ। प्राधिकरणको विद्यमान संरचनाले माग र आपूर्तिको सन्तुलनलाई धान्न सक्दैन। अहिलेको प्रसारण तथा वितरण लाइन क्षमता कम तथा जीर्ण रहेकाले विद्युत् ट्रिपिङ हुने, ट्रान्सफर्मर जल्नेलगायतका समस्या व्यहोरिरहेको छ।

नयाँ प्रसारण प्रणालीको निर्माणपछि काठमाडौं उपत्यकामा त्यस्ता समस्याहरु पनि नदेखिने र नागरिकले मागेभन्दा बढी विद्युत् उपलब्ध गराउन सकिने प्राधिकरणको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *