सुतिरहेका बेला घरमै पसेर दिदीबहिनीमाथि तेजाब

रौतहट । चन्द्रपुर नगरपालिकामा अज्ञात समुहले दुई दिदीबहिनीमाथि तेजाब छर्किएको छ । मंगलबार राति घरमा सुतिरहेका बेला दिदीबहिनीको अनुहारमा तेजाब छकिइएको हो ।

अनुहारमा तेजाब परेर सख्त घाइते दुवैलाई थप उपचारका लागी काठमाडौं पठाएको प्रहरीले जनाएको छ। राति १२ बजे अज्ञात समूह घरमा प्रवेश गरि ढोका खोलेर तेजाब छर्केको प्रहरुलिे जनाएको छ ।

तेजाबबाट उनीहरुका आँखा, टाउकोर अनुहारमा गहिरो चोट लागेको छ।थप उपचा।का लागि चन्द्रनिगाहपुर अस्पतालले उनीहरुलाई बिहान ५ बजे काठमाडौ रिफर गरेकोछ।

घटनामा संलग्नको अहिलेसम्म पहिचान नभएको तर तिव्र रुपमा अनुसन्धान गरि खोजी भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *