सडक दुर्घटनामा परेर ओमानमा एक नेपाली डाक्टरको मृत्य

काठमाडौँ । ओमानमा सडक दुर्घटनामा परी एक नेपाल्ीको मृत्यु भएको छ । ओमनको रोयल दिवान कोर्ट अन्तर्गत अल वस्ता जंगली जनावर संरक्षण केन्द्रमा कार्यरत पशु चिकित्सक डा। विष्णुबाबु तिवारीको मृत्यु भएको हो ।

मरुभूमिका जनावरका लागि पानी लिएर आएको ट्याङ्कर पल्टिदा सोमबार उनको मृत्यु भएको बताइएको छ । सो स्थानका जंगली जनावरको उपचारमा सक्रिय रहेका तनहुँ स्थायी घर भइ हाल काठमाडौंमा बस्दै आउनुभएका तिवारी सन् २०१४ देखि दिवान कोर्टमा काम गर्न थालेका थिए ।

उनको शव बुधवार मस्कटमा लगेर नेपाल ल्याउने तयारी भइरहेको छ। दुर्घटनास्थल मस्कटमा झन्डै ७ सय किलोमिटर टाढा पर्छ। मृतकको परिवारमा आमा बुवा सहित एक श्रीमती र एउटा ४ वर्षीया छोरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *