रूस र चीनद्वारा संयुक्त सैनिक अभ्यास

रूस र चीनले यो दशककै सबैभन्दा ठूलो सैनिक अभ्यास गर्दै छन् । रुसको सुदुरपूर्वी भूभागमा आजबाट उक्त सैन्य अभ्यास शुरू हुन लागेको हो । भोस्तोक – २०१८ नाम दिइएको उक्त सैनिक अभ्यासमा मंगोलियाको समेत सहभागिता रहने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले बताएका छन् ।

उक्त सैन्य अभ्यास एक हप्ता लामो हुनेछ । यो अभ्यासमा रूसबाट तीन लाख रूसी सेनाका जवान तथा अधिकृत, छ हजार हवाई सेनाका पाइलट तथा बम्बर, एक हजार युद्धक विमान र सशस्त्र हेलिकप्टर र ड्रोन, छत्तिस हजार सैनिक वाहन र असी युद्धक जहाजहरू समावेश हुनेछन ।

300k troops & thousands of war machines: Russia starts biggest military drill in decades (VIDEO)

रूसी सेनाले आफ्नो पछिल्लो संस्करणका अत्याधुनिक सश्त्रार्थ यस अवसरमा सामेल गर्ने भएको स्रोत बताउँछ । न्युक्लियर वारहेड बोकेर हिंड्ने इस्कंदर मिसाइल, T – ८० र T – ९० शृंखलाका ट्याङ्क, सुखोइ – ३४ र सुखोइ – ३५ जस्ता लडाकु हवाई जहाज, एस – ३०० एन्टी एयरक्राफ्ट ब्याट्रिज, रसियन जल सेनाको प्रसान्त महासागरीय बेडाबाट सिरियाको युद्धमा प्रयोग भएको कलिब्र मिसाइल जडित फ्रिगेटहरु पनि युद्धाभ्यासमा समाबेश हुने सुत्रहरु बताउछन । तुलनात्मक रुपमा चिनियाँ जनमुक्ति सेनाको सहभागिता निकै सानो भएता पनि यो सन्देशमुलक छ भनी रुसी सेनाका एक विश्लेषक पावेल फ़ेल्गेन्हाउर बताउछन ।

जम्मा तीन हजार दुइ सय चिनियाँ जनमुक्ति सेनाका जवान तथा अधिकृत र केही सैनिक केही चिनियाँ ट्याङ्क अभ्यासमा देखा पर्ने छन् । सन् १९८१ मा तत्कालिन सोभियत संघले आफ्ना वार्सा प्याक्टका सहयोगी देशसंग मिलेर जापाड-८१ नामक युद्ध्भ्यास गरेदेखि यताको यो सबैभन्दा ठुलो सैनिक अभ्यास भएको समाचारमा जनाइएको छ ।

जापाड – ८१ मा पनि डेढ लाख भन्दा बढी संख्यामा सैनिक सामेल गरिएको थिएन । पुरै सैन्य अभ्यास टाढाबाट अनुगमन गर्न नसकिने गरी रुसी सैन्य संचारविज्ञले अत्यन्त सुरक्षित संजाल तयार पारेको बताइन्छ । यो संजाल ९८ लाख वर्ग किलोमिटरमा फैलिएको र यो अभ्यासमा संलग्न धेरै मिलिटरी युनिटबीच सुचना आदान प्रदान गर्न संचार व्यवस्था स्थिर र सुगम होस् भनी बिशेष सावधानी अपनाइएको समेत जानिफकारहरु बताउछन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आजै भ्लाडिभोश्टकमा शुरु हुने इकोनोमिक फोरमको मिटिङ्गपछि यो सैन्य अभ्यासमा उपस्थित हुनेछन । भ्लाडिभोश्टकमा उनले आफ्ना चिनियाँ समकक्षी सी जिन्पिंगसँग भेटघाट गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *