विश्व आत्महत्या रोकथाम दिवसकै दिन घट्यो डरलाग्दो घटना

मोरङ । सोमबार विश्व आत्महत्या रोकथाम दिवस । आत्महत्या रोकथामबारे विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउनु पर्ने हो । तर, यसबारेमा स्थानीय तहका जनप्रतिनिधिहरु नै बेखबर बने । विश्व आत्महत्या विश्व आत्महत्या रोकथाम दिवसका दिन सचेतनामूलक कार्यक्रम होइन एउटा आत्महत्याको हृदयविदारक घटना घट्यो । मोरङको बुढीगंगा गाउँपालिका–२ अमाहीमा सोमबार एकै परिवारका आमा र उनका पाँच वर्षीय छोरा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । अर्का १० वर्षीय छोरा पनि झुण्डिएको तर डोरी चुडिएर बाँचेका छन् ।
आमा कविता यादव र उनका पाँच वर्षीय छोरा अमन मृत भेटिएका हुन् । १० वर्षे छोरा निशान भने डोरी चुडिएर बाँच्न सफल भएको प्रहरीले जनाइएको छ । आफ्नै घरभित्र नरिवलको डोरीले दुई छोरालाई कविताले झुण्ड्याएर आफुपनि झुण्डिएको प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक मनोज केसीले हत्या या आत्महत्या भन्नेबारे अनुसन्धान जारी रहेको बताएका छन् । मृत भेटिएकी कविताको लास पनि डोरी चुडिएर भुँईमै लडेको अवस्थामा भेटिएको थियो । बाँचेका निशानको विराट मेडिकल कलेज टंकीसिनवारीमा उपचार भइरहेको जनाइएको छ । कविताले दोस्रो विवाह गरेकी थिइन् । त्यहि कारण उनी पारिवारिक तनाबमा रहेकोले छोराहरुसहित आत्महत्याको प्रयास गरेको हुनसक्ने अनुमान छ ।

‘डोरी छिनेपछि बाँचे’

१० वर्षे छोरा निशान आफ्नै आमाले झुण्ड्याइदिएको डोरी छिनेपछि बाँचेका छन् । तर, कविताले अर्काे पाँच वर्षे नाबालक अमन र आफूलाई पनि मृत्युको मुखमा पु¥याइन् । आफैंले जन्माएका दुई छोराहरुलाई सुरुमा झुण्ड्याएर आफु पनि मर्ने योजना बनाए पनि एउटा छोरा बाँच्न सफल भए । बाँचेका निशानको विराट मेडिकल कलेज टंकीसिनवारीमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ । निशानको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनले आमाले सुरुमा आफूलाई डोरीले बाँधेर झुण्ड्याएको अस्पतालको बेडबाट प्रहरीलाई बयान दिएका छन् । कविताले दोस्रो विवाह गरेकी थिइन् । उनका पहिलो पति अमरलाल दुई वर्षअघि बितेका थिए । त्यहि कारण उनी पारिवारिक तनावमा रहेर आफ्ना सन्तानसहित आत्महत्या गरेको हुनसक्ने अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *