पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड गए रातिदेखि अवरुद्ध भएको छ । सडक खण्डको जलवीरे, चारकिलोलगायत स्थानमा गएको पहिरोका कारण सडकखण्ड अवरुद्ध भएको हो ।
प्रहरीले सडक खुल्न समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ ।

सडक अवरुद्ध भएपछि सडक खण्डका दुवैतर्फका गाडी लामो जाममा फसेका छन् । चारकिलोमा पहाड नै खसेकाले अवरोध हटाएर सञ्चालन गर्न समय लाग्ने स्थानीय प्रहरी कार्यालयले जानकारी दिएको छ ।

रातिदेखि नै चितवन र वरपरका सडकमा वर्षा भइरहेकाले अवरोध हटाउन नसकिएको जनाएको छ । प्रहरीले अवरुद्ध सडक खुलाउन केही समय लाग्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न यात्रु र सवारी साधनलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *