दिल्लीबाट आईपीएलमा खेलेका सन्दिपले अब एपीएल खेल्दै

काठमाडौं, २६ भदौ । नेपालका सन्दिप लामिछानेले अक्टोबरमा यूएईमा आयोजना हुँदै गरेको अफगानिस्तान प्रिमियर लिग एपीएलमा खेल्ने भएका छन् । सन्दिपले दिल्लीबाट आईपीएलमा खेलेका थिए भने पछिल्लो समय सीपीएल पनि खेलेका छन् ।

सन्दिपलाई दुवईमा आज भएको अक्सनमा नान्गहार क्लबले लिएको हो । प्रतियोगिता अक्टोबर ५ देखि २१ तारिखसम्म युएईको सारजाह क्रिकेट मैदानमा हुनेछ।

एपीएलमा नेपालबाट सन्दिप सहित कप्तान पारस खड्का र सोमपाल कामी पनि ड्राफ्टमा रहेका थिए । सन्दिपलाई एशोसिएट राष्ट्रबाट अनुबन्ध गरिएको अफगानिस्तान क्रिकेट बोर्डले जनाएको छ ।

जसमा सबै खेलाडीलाई विभिन्न ६ वटा क्याटागोरीमा राखिएको छ । आयोजकले क्याटागोरीको नाम आइकन, डाइमन्ड, गोल्ड, सिल्भर, आइसीसी एसोसियट र इमर्जिङ भनेर राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *