मुटुरोगबारे नेपालमा पहिलोपटक अनुसन्धान, अनुसन्धानका लागि १० देशका प्रतिनिधि नेपालमा

काठमाडौं, २६ भदौ । अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूसँगको समन्वयमा सरकारले नेपालमा मुटुरोगीको अवस्थाबारे अनुसन्धान सुरु गरेको छ । मुटुरोगी बढ्दै गए पनि सरकारसँग यकिन तथ्यांक छैन । त्यसैले सरकारले यससम्बन्धी पूर्ण विवरणका लागि अनुसन्धान थालेको हो ।

अनुसन्धानका क्रममा रोगीको संख्या, यसको जोखिम, न्यूनीकरण, मृत्युलगायत विषयमा तथ्यांक संकलन तथा अनुसन्धान गरिने भएको छ । केहीअघिदेखि नै काठमाडौं विश्वविद्यालयले यस्तो अनुसन्धान आवश्यक रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरेको थियो ।
अनुसन्धानका लागि विभिन्न १० देशका प्रतिनिधि नेपाल आएका छन् । चिकित्सक, नर्स, फार्मेसी, पारामेडिक्स, पब्लिक हेल्थलगायत विभिन्न विधाका स्वास्थ्यकर्मीको सहभागितामा अनुसन्धानबारे छलफल गरिएको खबर आजको नयाँ पत्रिकामा छ।

काठमाडौं विश्वविद्यालयका डिन डा। राजेन्द्र कोजूका अनुसार १० देशका प्रतिनिधि नेपालमा भेला भएका छन् । उनीहरूले मुटुरोगको समस्या निदानजस्ता विषयमा कसरी केन्द्रित भएर अनुसन्धान गर्ने भन्नेबारे जानकारी गराउनेछन् । ‘भविष्यमा मुटुरोग कसरी रोक्न सकिन्छ भन्ने चिन्ता हामी सबैलाई लागेको छ,’ उनले भने, ‘उपचार गर्न सक्छौँ÷सक्दैनौँ भनेर हामी नेपालमा पहिलोपटक अनुसन्धानमा जुटेका हौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *