वडाध्यक्षले आफै मिलेर गरे बृद्धभत्ताको हिनामिना

रौतहट । माधवनारायण नगरपालिकाको एक ओडमा ९ लाख ७७ हजार ६०० रुपैयाँ सामाजिक सुरक्षा भत्ता वडाध्यक्ष राजीवकुमार यादव र वडासचिव मनोजकुमार झाको मिलेमतोमा हिनामिना भएको छ । केन्द्रीय पञ्जिकरण विभागले गरेको अध्ययनमा नगरपालिकाको वडा नम्बर ६ मा ९ लाख ७७ हजार ६०० रुपैयाँ सामाजिक सुरक्षा भत्ता हिनामिना भएको भेटिएको हो ।

थप अनुसन्धान गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाइएको छ ।दलित बालबालिकालाई दिइने मासिक ४०० रुपैयाँ बालपोषण भत्ता र मृत्यु भइसकेकाहरुको नाममा आएको बुद्धभत्ता बाँडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पञ्जीकरण विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *