घुस लिँदै गरेका प्रहरी इन्सपेक्टर रंगेहात पक्राउ

बर्दिया । पक्राउ परेका व्यक्तिलाई छाडिदिने भन्दै बर्दियामा प्रहरी इन्सपेक्टर रंगेहात पक्राउ परेका छन् । बर्दियाको मैनापोखर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ९इन्सपेक्टर० गणेशसिंह महता घुस लिँदा लिँदै पक्राउ परेका हुन् ।

अनुसन्धानमा लिएका व्यक्तिलाई छुटाइदिने प्रलोभन देखाएर आफन्तबाट घुस लिइरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्जस्थित कार्यालयबाट खटिएको टोलीले महता र पौडेललाई घुस रकमसहित आइतवार नियन्त्रणमा लिएको हो ।

अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिलाई छाडिदिने भन्दै लिएको ३० हजार रुपैयाँ घुससहित इन्सपेक्टर महता पक्राउ परेका हुन् । इन्सपेक्टर महतासहित स्थानीय मध्यस्थकर्ता मैया पौडेल समेत पक्राउ परेकी छन् ।

पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *