१६ वर्षीया एक किशोरीलाई १०० जना यौन पिपासुहरुसँग सुत्न बाध्य बनाईयो !

एजेन्सी, २५ भदौ । इंगल्याण्डमा करिब १६ वर्षीया एक किशोरीलाई १०० जना यौन पिपासुहरुसँग सुत्न बाध्य बनाइएको छ । अदालतमा चाइल्ड सेक्स अव्युज ट्रायलको दौरानमा यो कुराको खुलासा भएको हो । सो किशोरीका अनुसार उनी १३ वर्षकी थिइन्, सोही उमेर देखि उनीमाथि यौन शोषण सुरु भएको थियो ।

ती बालिकाले बताए अनुसार सन् १९९८ देखि २००१ सम्ममा उनीमाथि यौन शोषण भएको हो । शेफिल्डको अदालतले यसै मुद्धामा अहिले सुनुवाई गरिरहेको छ । जसमध्ये ८ जना एशियाली मुलुकका नागरिकलाई पनि आरोपी बनाइएको छ । उनीहरुलाई १९९८ देखि २००३ सम्ममा ५ जना युवतीहरुलाई बलात्कार गरेको आरोप लगाइएको छ ।

इंगल्याण्ड स्थित शेफिल्डको क्राउन अदालतमा मुद्धाको सुनुवाई भइहँदा ती किशोरीले एक भिडियो पेश गरेकी छन् । साथै यस अपराधिक क्रियाकलापमा संलग्न आरोपीहरुलाई गिरफ्तार पनि गरिएको छ । ती युवतीका अनुसार ती यौन पिपासुहरुसँग सम्बन्ध राखेपछि १४ वर्षको उमेरमै गर्भ बस्यो भने, अहिले उनी आमा बनेकी छन् ।


पछिल्लो साता आएको सुनुवाईमा यो पनि छ कि कयौ व्यक्तिहरुले बलात्कार गरेपछि अन्य युवतीहरु पनि गर्भवती भएका छन्, तर उनीहरुका आमा बुबाले एभोर्सन गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *